मन्त्रिपरिषदको पुनर्गठन भोलि नै गरिने प्रधानमन्त्रि प्रचण्डको तयारी, आज सत्ता साझेदार दलहरुको बैठक बस्दै – News Nepal Media
Trend

मन्त्रिपरिषदको पुनर्गठन गर्न प्रधानमन्त्रि पुष्प कमल दाहाल ‘प्रचण्ड’ तयारीमा लागेका छन् । उनि चैत ६ गते दोस्रो विश्वासको मत लिएपछि कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा जुटेका हुन्। आज सत्ता साझेदार दलहरुको बैठक बोलाएर उक्त विषयमा छलफल गरिने जनाइएको छ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलको अनुसार गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो। शनिबार बसेको माओवादी पदाधिकारी बैठकले पनि भोलिसम्ममा मन्त्रिपरिषद विस्तार गरी डेलिभरीका कामलाई तीव्रता दिने निर्णय गरेको थियो ।

यस्तै कांग्रेसले ८, माओवादीले ५ र जसपाका साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी सत्ता साझेदार दलबीच छलफल अघि बढेको बताइएको छ । सबैलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिँदा हाल माओवादीले सम्हाल्दै आएका केही मन्त्रालय हेरफेर हुन सक्ने पनि नेताहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP