बिहिबार , बैसाख ११, २०८२
स्वकीयको तलब कटौती गरेर खेलाडीहरुको तलबमा वृद्धि गर्नुपर्छ: सांसद शाही – News Nepal Media
Trend

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सांसद, मन्त्रीहरुको स्वकीयको तलब कटौती गरेर खेलाडीहरुको तलबमा वृद्धि गर्नुपर्ने बताएका छन्। उनले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै देशमा संसारमा खेलाडीले चिनाउने बताए।

उनले भने, ‘यो देशमा संसारमा यदि कसैले चिनाउछ भने त्यो खेलाडीले चिनाउँछन् तर आज राष्ट्रिय टोलीका कप्तान समेत रहेका सुजल श्रेष्ठ अष्ट्रेलिया जान बाध्य भए।’ त्यस्तै, एक विद्यालयमा कक्षा १२ को विद्यार्थीहरुको बिदाइ गर्दै गर्दा विद्यार्थीहरुले खाडीमा भेटौँला भने, आज युवाहरूको अवस्था त्यो छ।

यस्तै खेलकुद क्षेत्रमा नेपाल सरकारबाट ०.१३% बजेट छुट्याइएको बताउँदै शाहीले मन्त्रीहरूका स्वकीय सचिव भन्दा कम तलबमा नेपालका राष्ट्रिय खेलाडीहरु खेलिरहेको उल्लेख गरे। उनले भने, ‘यो बजेट यसो हेर्दा मन्त्रीहरूका स्वकीय सचिव भन्दा कम तलबमा नेपालका राष्ट्रिय खेलाडीहरु खेलिरहेका छन्। त्यहीँ भएर म भन्न चाहन्छु, हामी सबै सांसद, मन्त्रीहरुको स्वकीय को तलब कटौती गरेर खेलाडीहरुको तलबमा वृद्धि गरियोस् र रंगशाला बनाइयोस्।’

अहिले प्रतिनिधि सभाको बैठक जारि रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP