राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ – News Nepal Media
Trend

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले बैठकमा प्रस्तुत गरेपछि छलफल प्रारम्भ भएको हो ।

छलफलमा भाग लिँदै संशोधनकर्ता सांसद भैरवसुन्दर श्रेष्ठ, शेखरकुमार सिंह, भगवती न्यौपाने, विमला घिमिरले आ–आफ्नो असहमतिको कुराहरु बैठकमा राख्नुभएको थियो । संशोधनका बुँदामा नीति तथा कार्यक्रममा ‘एक घर ः एक धारा’ कार्यक्रम रहेको छ । चार लाख ६६ हजार नागरिकलाई उच्च र मध्यमखालको खानेपानी दिने भन्ने रहेको छ । नागरिकलाई स्वच्छ खानेपानी दिनुपर्ने हो । कसलाई उच्च र कसलाई मध्यमखालको खानेपानी दिने हो सरकारसँग म जवाफ चाहान्छाँै भनिएको छ ।

त्यस्तै, स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भयो भनेर भनिएता पनि अत्यन्तै झेलझाल र धाँधली गरेर लज्जाबोध हुने तरिकाले निर्वाचन सम्पन्न भएको उल्लेख गरिएको छ । अघिल्लो सरकारले ल्याएको एक हजार ४०० भन्दा बढी सडक निर्माणका योजना हटाएकोप्रति बैठकमा संशोधनकर्ता सांसदको धारणापछि नियमितरुपमा दलीय आधारअनुसार नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP