साढे दुई वर्षमा सक्ने पुल छ वर्षमा आधा मात्रै काम – News Nepal Media
Trend

ठेकेदार कम्पनीको चरम लापरबाही र सरोकारवाला निकायको बेवास्ताको उदारण बनेको छ बागलुङको कुश्मीसेरादेखि पर्वत फलेबास जोड्ने पक्की सडक ।
पुल निर्माण सुरु भएको छ वर्ष पूरा हुँदा आधा मात्रै काम भएको छ । समयमा पुल निर्माण नहुँदा यात्रुहरु घुमाउरो यात्रा गर्न बाध्य छन् । बागलुङ–पोखरा राजमार्गको वैकल्पिक सडकको मुख्य पुल नै लामो समयदेखि नबन्दा बागलुङ र पर्वतका हजारौँ नागरिक २० मिनेटको बाटो तीन घण्टा बढी यात्रा गर्न बाध्य छन् । यो सडक भएर बागलुङका दक्षिणी भेग जैमिनी र बरेङका जनता सोझै पर्वतको फलेवास, कार्कीनेटा र स्याङ्जाहुँदै पोखरा जान सक्छन् तर कालीगण्डकीमा पुल नभएका कारण बागलुङ बजार आएर पुन कुस्मा जानुपर्ने बाध्यता छ ।

कालीगण्डकी नदीमाथि निर्माण गर्न थालिएको १०५ मिटर लामो यस पुलको छ वर्षको प्रगति करिब ५० प्रतिशत रहेको निर्माण कम्पनीको जिकिर छ । पुलको हालसम्म ५० प्रतिशत प्रगति भएको र अहिले निर्माणले गति लिएको सडक डिभिजन कार्यालयका ईन्जिनियर किरण पोख्रेलले बताउनुभयो । उहाँका अनुसार जगको पिल्लर निर्माण भइसकेको र ढलानको काम मात्र बाँकी रहेको छ ।

विसं २०७३ असोज ९ गते रसुवा÷श्री गीता÷फेवा जेभीले पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । साढे दुई वर्ष भित्रमा सक्ने गरी सम्झौता भएको पुलको काम अहिलेसम्म बल्ल आधा काम भएको छ । पुल नबन्दा दक्षिण बागलुङका जनताले ठूलो सस्ती खेप्नु परेको स्थानीय गोविन्द शर्माले बताउनुभयो । उहाँले यहाँका हजारौँ नागरिकलाई पोखरा पुग्न यस सडकबाट धेरै छिटो हुने भए पनि अहिले बागलुङ पुगेर जानु पर्ने अवस्था रहेको बताउनुभयो । पछिल्लो पटक २०७८ चैत्र मसान्तभित्र काम सम्पन्न गर्ने गरि म्याद थप गरिए पनि प्रभावकारी रुपमा काम भने अघि बढ्न सकेको छैन । समयमै काम सम्पन्न नभएपछि पुनः म्याद थप्ने तयारी ठेकेदार कम्पनीको छ ।

ठेकेदार कम्पनीका सुपरभाईजर शेरबहादुर भण्डारीले आवश्यक उपकरण ल्याउन समस्या भएकाले समयमै काम सक्न नसकेको बताउनुभयो । उहाँले अहिले आवश्यक उपकरण आइसकेको र काम पनि तीव्र गतिमा भएको बताउनभयो । सुपरभाईजर भण्डारीले जमिन मुनी ४८ वटा पिल्लर निर्माण गरिसकेको र अहिले माथि दुई वटा पिल्लर ठडाइसकेको बताउनुभयो । रु १३ करोड १२ लाख ४९ हजार ३६४मा निर्माण थालिएको पुल राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरमा जोडिन्छ । पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP