![](https://newsnepalmedia.com/wp-content/uploads/2022/04/Untitled-design-2-1.jpg)
बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कांग्रेसका राजु थापाविरुद्ध काठेखोला गाउँपालिकाको निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा (एमाले)बाट अध्यक्षका उम्मेदवार डिलबहादुर कार्कीले थापाविरुद्ध उजुरी दर्ता गर्नुभएको निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “जुन पदमा उठेको छ, सोही पदका प्रत्यासीले मात्रै उजुरी दिने कानुनी व्यवस्थाअनुसार थापाविरुद्ध कार्कीको उजुरी परेको हो”, उहाँले भन्नुभयो । यस्तै काठेखोला–३ मा महिला सदस्य पदकी उम्मेदवार नेकपा (एकीकृत समाजवादी) की देउरुपा खड्काविरुद्ध पनि उजुरी परेको अधिकृत कार्कीले जानकारी दिनुभयो । सोही वडामा एमालेबाट महिला सदस्यकी उम्मेदवार टुल्कीदेवी खड्काकले उजुरी दर्ता गराउनुभएको हो ।
![](https://newsnepalmedia.com/wp-content/uploads/2025/02/ea7ac29a-5d8c-4f22-97b9-b564731c00e3-1024x819.jpeg)