अवकाशपछि कालिजको व्यवसाय सुरु, आफ्नो पेसामा रमाउँदै विष्णु – News Nepal Media
Trend

सरकारी सेवागरी अवकासपछि एक जनाले दाङ्गमा कालिज फर्म खोलेर व्यवसाय गरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिका – ६ घर भएका विष्णुमणि आचार्यले नयाँ गाउँमा कालिज पालन गरि व्यवसाय गरिरहेका छन्।

उनले आफ्नो ३० वर्ष सरकारी सेवागरी अवकास पाएपछि उक्त व्यवसाय सुरु गरेका हुन्। अहिले आफु सोही पेसामा रमाईरहेको बताए ।

उनले भने, ‘अवकाश भएपछि चार महिनासम्म घरमै बसेँ । दिनभर घरपरिवार साथीभाइ तथा आफन्तसँग त्यत्तिकै बसेर समय बिताउँथे । तीस वर्षसम्म जागिरमा व्यस्त भएको मान्छे अब यसरी सधै कसरी बस्नुजस्तो लागेकाले यो व्यवसाय सुरु गरेको हुँ ।’

सोहि पेसा सुरु गर्नुभन्दा अगाडी सामाजिक सञ्जालबाट व्यावसायिकरूपमा पालन गरिएका कालिजको भिडियो आफुले हेरेको बताए। उनले, ‘कालिजपालन गरिएको जिल्लाका दुई ठाउँमा पुगेँ। ‘

चाणक्य मल्टी प्रपोज एग्रो फार्म एण्ड रिसर्च सेन्टर’ प्रा.ली खोलेर रु २५ लाखको लागतमा कालिजपालन सुरु गरेका आचार्यको व्यवसाय पछिल्लो समय यता फस्टाउँदै गएको छ। उनले सुरुका दिनमा १८१ बचेरा रु. पाँच सय ५० दरले किनेर व्यवसाय संचालन गरेका थिए।

उनले अहिले सम्म पाँच सय कालिज बिक्री गरिसकेका छन्। उनले भने, ‘सुरुमा एउटा कालिजलाई दुई हजार पाँच सयमा बिक्री गरें । अहिले भने दुई हजारसम्ममा दिने गरेको छु । अण्डा पनि राम्रोसँग बिक्री भएको छ । एउटा अण्डा बिक्रीबाट रु एकसय आम्दानी हुने गरेको छ । सुरुआतमै धेरै आम्दानीको अपेक्षा लिन हुँदैन विस्तारै आम्दानी हुने उनको भनाई छ।

३५ डिग्री सेल्सियसभन्दा कम तापक्रम हुने स्थान दाङ्ग भएकोले कालिज पाल्न राम्रो मानिने बताउँदै उनले दाङ उपत्यका कालिज पाल्न उपयुक्त वातावरण भएको बताए।

यतिबेला उनले आफ्नो फार्ममा एक जनालाई रोजगारी समेत दिएका छन्।
रासस

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP