सहमति जुटेपछि बागमती प्रदेशसभाको बैठक १ बजे बस्ने – News Nepal Media
Trend

अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभाको बैठक आज दिउसो १ बजे बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बैठक सञ्चालनका लागि सर्वदलीय बैठकमा राजनीतिक दलहरुसँग छलफल गरी सहमति जुटाउनु भएसँगै बैठक आजै दिनको १ बजे सञ्चालन हुने भएको हो ।

सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत गरेको बजेट संशोधनका विषयमा दलहरुबीच सहमति भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार दलहरुबीच प्रदेश सरकारले ल्याएको बजेट संशोधन गर्ने र प्रदेशका १३ वटै जिल्लामा समानुपातिकरुपमा बजेट बाँडफाँट गर्ने विषयमा सहमति जुटेको हो ।

सहमति पछि अब नेकपा (एमाले)ले बैठक अवरोध नगर्ने भएको छ । प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरुपमा सम्बोधन गर्न नसकेको भन्दै संशोधनको मागसहित उक्त दलले प्रदेशसभाको बैठक अवरुद्ध पार्दै आएको थियो । बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिए पनि अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संशोधन गरेपछि मात्रै संसद् सञ्चालन गर्न दिने अडान लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP