नुवाकोटमा ग्याँस सिलिण्डर पड्केर घरमा आगलागी – News Nepal Media
Trend

नुवाकोटमा खाना पकाउने ग्याँस सिलिण्डर पड्केर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। बेलकोटगढी नगरपालिका– ८ पांचखलेमा खाना पकाउने ग्याँस सिलिण्डर पड्केर आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरी नायव उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिए।

प्रहरी कार्यालय नुवाकोटको अनुसार विश्वनाथ पुडासैनीको दुई तल्ले ढुंगा र इट्टाले बनेको घरमा आगलागी भएको थियो । आगजनीबाट दुईतले घर तथा त्यसमा रहेका सम्पूर्ण सामग्री, धनमालसमेत जल्दा करिब २० लाख बराबरको क्षति भएको पीडित पक्षले जनाएको छ ।

यस्तै आगलागी विदुर नगरपालिकाको एउटा वारुणयन्त्र, स्थानीयवासी, सुरक्षाकर्मीको पहलमा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । सुख्खायाममा आगजनीका घटनाहरु बढिरहेका कारण होसियारी र सजकता अपनाउन जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP