विपद्बाट जोगिन स्थानीयलाई तालिम – News Nepal Media
Trend

विपद्बाट जोगिनका लागि सशस्त्र प्रहरी बल, नेपाल नं १६ गण हेडक्वार्टर सिन्धुपाल्चोकले स्थानीयतहलाई तालिम प्रदान गरेको छ । मेलम्चीमा आइतबारदेखि दुई दिनसम्म सञ्चालन भएको तालिममा विपद् प्रतिकार्यमा गरिनुपर्ने योजनाबारे प्रशिक्षण दिइएको थियो । तालिममा जनप्रतिनिधि, महिला र स्वयंसेवक गरी २८ जनाको सहभागिता रहेको थियो । तालिममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले विपद् प्रतिकार्यमा सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । विपद् आउनै नदिने र आइहाले सबै मिलेर प्रतिकार्य गर्नुपर्नेमा उहाँको जोड थियो ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको व्यवस्थापन तथा जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको संयोजनमा तालिमको आयोजना गरिएको थियो । स्थानीय विपद् व्यवस्थापन समिति र नेपाल स्काउट बागमती प्रदेश तालिमको स्थानीय संयोजक रहेका थिए ।

विपद् व्यवस्थापन र न्यूनीकरणमा मेलम्ची नगरपालिका क्षेत्रमा यो तालिम प्रभावकारी रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो । “नेपाल आर्मीले गरेको डेमो र सशस्त्र प्रहरीले दिएको यस्तो तालिम एकदमै प्रभावकारी छ”, तामाङले भन्नुभयो । विपद् व्यवस्थापनको सामग्री खरिदका लागि नगरपालिकाले प्रत्येक वडामा रु ५० हजार बजेट पठाएको तामाङले जानकारी दिनुभयो । नगरमा पनि आवश्यक सामान तयारी हालतमा राखेको उहाँले बताउनुभयो । अबको तीन महिना तयारी अवस्थामा रही जनधनको रक्षा गर्न सबै एक भएर लाग्नुपर्नेमा उहाँको जोड थियो । दुईदिने तालिममा सहभागीलाई नगरप्रमुख तामाङ, प्रमुख जिल्ला अधिकारी, नगर उपप्रमुख उमा प्रधानले सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP