दुई सय विपन्नलाई सुधारिएको चुलो – News Nepal Media
Trend

झापाको गौरीगञ्ज गाउँपालिकाले पालिकाभित्रका करिब दुई सय विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ ।

लोपोन्मुख, सीमान्तकृत र अल्पसङ्ख्यक वर्गका समुदायलाई लक्षित गरी गाउँपालिकाभित्रका करिब दुई सय घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले बताउनुभयो । उहाँका अनुसार गौरीगञ्ज गाउँपालिकाको वैकल्पिक ऊर्जा विभागको सहजीकरण र झापाली समाजको सहयोगमा वडा १ देखि ६ सम्मका सीमान्तकृत तथा अल्पसङ्ख्यक परिवारलाई उक्त सुधारिएको चुलो वितरण गरिएको हो ।

धुवाँरहित भान्छा बनाई स्वास्थ्य जीवनको प्रत्याभूति दिलाउन गाउँपालिकाले सहजीकरण गरी वैकल्पिक ऊर्जाअन्तर्गत सुधारिएको चुलो वितरण गरिएको उहाँले बताउनुभयो ।

प्रसूतिलाई निःशुल्क एम्बुलेन्स

झापाको कमल गाउँपालिकाले पालिकाभित्रका प्रसूतिलाई अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

वार्षिक कार्यक्रमअन्तर्गत यस वर्षदेखि पालिकामा स्थायी बसोबास गरेका प्रसूतिलाई लक्षित गरी निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो । पालिकाले नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

यस कार्यक्रमबाट सुत्केरीको नियमित स्वास्थ्य जाँचका साथै अस्पतालसम्म लैजान सहयोग पुग्नेछ । गाउँपालिकाले रेडक्रसलाई एउटा अत्याधुनिक एम्बुलेन्स गाडीसमेत उपलब्ध गराइसकेको रेडक्रसका सभापति चन्द्र साहले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP