![](https://newsnepalmedia.com/wp-content/uploads/2022/05/93804354_streetlight.jpg)
“लोमान्थाङको पर्खालभित्र र बाहिरको सडक छेउमा बत्ती जडान गरिएको छ,” उहाँले भन्नुभयो “रातको समयमा उज्यालो हुँदा हिँडडुल गर्न सहज हुनुका साथै गाउँ आकर्षक बनेको छ ।” एक सय ४६ वटा काठका पोल र चार वटा व्यक्तिका घरमा सडक बत्ती जडान गरिएको छ । काठका पोललाई कलात्मक बनाइएको छ । बस्तीभित्र विद्युत्को तारलाई भूमिगत बनाइएको छ । सन् २०२० देखि सुरु गरिएको सडक बत्ती जडान गर्ने काम केही दिनअघि मात्रै सकिएको हो ।
जिग्मे फाउण्डेशनका कार्यक्रम निर्देशक पाङदेन ढोल्कर गुरुङले सडक बत्ती जडान गर्न रु ४९ लाख खर्च भएको जानकारी दिनुभयो । केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेपछि जनप्रतिनिधिहरुले सडक बत्ती जडानको योजना अघि सारेका थिए ।
![](https://newsnepalmedia.com/wp-content/uploads/2025/02/ea7ac29a-5d8c-4f22-97b9-b564731c00e3-1024x819.jpeg)
सडक बत्तीको मिटर बक्स जडान गरेको लोमान्थाङ गाउँपालिकाले महशुल तिर्ने व्यवस्था मिलाएको छ । माटोको पर्खालभित्र रहेको लोमान्थाङको मुख्य बस्तीमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब २०० माटोले बनेका घर छन् । ऐतिहासिक महत्वको लोमान्थाङ बस्ती पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ ।