बिहिबार , बैसाख ११, २०८२
सगरमाथा दिवस मनाइयो – News Nepal Media
Trend

आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति
पायो ।

दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिक) को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो । नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ ।

सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तरराष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आएको छ । नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउदैँ आएको छ ।

मूल आयोजक समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, पर्यटन क्षेत्रका अगुवा व्यक्तित्व, कीर्तिमानी आरोही, पर्यटन व्यवसायीलगायतको सहभागीता रहेको छ ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले पर्वतारोहणलाई सुरक्षित र व्यावसायिक बनाइनुपर्नेमा जोड दिनुभयो ।

कीर्तिमानी आरोही कामीरिता शेर्पाले पर्वतारोही शेर्पा पथ प्रदर्शकको समस्यालाई सम्बोधन गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले दिवस मनाउनुको औचित्यबारे प्रकाश पार्दै पुरस्कृत आरोहीको विवरण घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा रु एक लाख राशिको अन्तरराष्ट्रिय सगरमाथा पुरस्कार प्रख्यात आरोही निर्मल पुर्जालाई प्रदान गरिएको छ । यस्तै रु ५० हजार राशिको तेञ्जिङ हिलारी पुरस्कार पर्वतीय पर्यटनमा उल्लेखनीय योगदान गर्ने र विभिन्न कीर्तिमान कायम गर्ने टासीलाक्पा शेर्पा, मिङमा ग्याल्जेन शेर्पा, खिमलाल गौतम र दाबा शेर्पालाई प्रदान गरिएको छ । ती सबै पुरस्कार पर्यटनमन्त्री आलेले वितरण गर्नुभएको थियो । औपचारिक कार्यक्रमअघि पर्यटन व्यवसायी एवं सरोकारवालाहरूको अगुवाइमा ठमेलदेखि कार्यक्रमस्थल कमलादीसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।

सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् भने सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँनयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । पछिल्लो पटक कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् । शेर्पाले सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गर्नुभएको थियो । आप्पा शेर्पाले २१ पटक तथा अन्य कीर्तिमानी आरोहीले नयाँ रेकर्ड बनाएका थिए ।

पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनियरिङ इन नेपाल, फ्याक्ट्स एन्ड फिगर–२०२०’ का अनुसार नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म ६ हजार ५०७ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । हालसम्म सगरमाथा आरोहण गर्ने महिला मात्र ४७१ जना पुगेका छन् । सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनु भएको थियो ।

सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पाले विसं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम महिला आरोहीको कीर्तिमान कायम गर्नुभएको थियो । जापानी नागरिक जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोहीको रेकर्ड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP