पोखरामा महानगर प्रमुख र प्रशासकीय अधिकृतको भेला – News Nepal Media
Trend

देशका छवटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा हुने भएको छ । पोखरा महानगरको आयोजनामा आगामी साउन पहिलो साता भेला आयोजना गरिएको छ ।

भेलामा प्रदेश सरकार र केन्द्र सरकारसँगको सम्बन्ध महानगरपालिका प्रमुखहरूबीच अनुभव आदान–प्रदान र विविध योजनाका विषयमा छलफल हुने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले साउनको पहिलो हप्ता पोखरामा भेला आयोजना गरेका छौँ । सबै आउने निश्चित भइसकेको छ ।”

भेलाले महानगरबीच अनुभव आदान–प्रदानमा सहयोग पुग्ने र विकास निर्माणलगायत सङ्घ र प्रदेश सरकारसँगको सम्बन्धलाई अझ कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने आचार्यले जानकारी दिनुभयो ।

यसैबीच पोखरा महानगरका प्रमुख आचार्य र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । काठमाडौँ महानगरपालिका कार्यालयमा मङ्गलबार उहाँहरुबीच भेटवार्ता भएको हो । भेटका अवसरमा बजेट निर्माण, राजस्व सङ्कलन तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

प्रमुख आचार्यले मङ्गलबार नै काठमाडौँमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग पनि भेटवार्ता गर्नुभएको छ । आविष्कार केन्द्रमा आविष्कार भएका सामग्री पोखराको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । “आविष्कार केन्द्रका अध्यक्ष पुनसँगको भेटमा उहाँहरुका उत्पादनलाई हामीले कसरी उपयोग गर्न सक्छौँ । महानगरको हित हुने उपकरणको विषयमा जानकारी मागेका छौँ । उहाँले रचनात्मक सुझाव दिनुभएको छ”, प्रमुख आचार्यले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP