प्रश्रितसहित छ जनालाई सम्मान – News Nepal Media
Trend

वरिष्ठ साहित्यकार तथा पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रितसहित छ जनालाई भानु साहित्यक प्रतिष्ठानले सम्मान गर्ने भएको छ ।

यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको अवसर पारेर काँकरभिठ्ठामा प्रतिष्ठानले प्रश्रितसहित क्या गोपिलाल लिम्बू (इतिहासकार÷अन्वेषक), जीएन शर्मा (पत्रकार), भानुभक्त कुभिण्डेली (साहित्यकार), शशीप्रसाद बजगाईं (साहित्यकार तथा पत्रकार), मातृकाप्रसाद सङ्ग्रौला (कलाकार तथा साहित्यकार) लाई सम्मान गर्ने भएको हो ।

प्रश्रितलाई रु एक लाख एक हजार र अन्य सबैलाई नगद रु २१ हजारका दरले सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

असार २८ गते भानुजन्यतीको अवसर पारेर प्रतिष्ठानले कविता गोष्ठीसमेत आयोजना गरेको छ । त्यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साहित्यकारको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP