कारागार भवन निर्माण अन्तिम चरणमा – News Nepal Media
Trend

बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित नौवास्तामा क्षेत्रीय कारागारको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।अत्याधुनिक सुविधासम्पन्न सो कारागारको विद्युत्, सिसीटिभि जडानलगायतका केही काम बाँकी रहेको र केही महिनापछि कारागार सञ्चालनमा आउने जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरले जानकारी दिनुभयो । चार युनिट रहेको कारागारमा दुई भवनमा २८ कोठा छन् । चिया, खाजा र पसल सञ्चालन गर्न एउटा वर्कसप हलसमेत निर्माण भएको छ ।

तीन हजार क्षमताका कारागारमा जिल्ला कारागारमा रहेका अधिकांश थुनुवा र धेरै थुनुवा रहेका कारागारबाट समेत उनीहरुलाई स्थानान्तरण गरिने जेलर उहाँले बताउनुभयो । खासगरी रोल्पा, दैलेख, कास्की, रुपन्देही, अछामलगायतका जिल्लाबाट समेत बन्दी जीवन बिताएका उक्त कारागारमा स्थानान्तरण हुनेछन् ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कारागार छिट्टै सञ्चालन हुने जानकारी दिँदै नयाँ अत्याधुनिक कारागार बनेपछि बन्दीहरूलाई राहत हुने विश्वास व्यक्त गर्नुभयो । दश बिघा क्षेत्रफलमा रु. ४१ करोडको लागमा निर्माण भइरहेको सो कारागार निर्माण भएपछि जिल्ला कारागारमा रहेका ७५६ मध्ये बिरामी थुनुवाबाहेक करिब ५०० थुनुवालाई क्षेत्रीय कारागारमा स्थानान्तरण गरिने जेलर सोनकरले जानकारीदिनुभयो ।

आर्थिक वर्ष २०७२÷७३ बाट निर्माण सुरु हुने भनिएकामा निर्माण कम्पनीले काम नगर्दा क्षेत्रीय कारागारको निर्माणकार्य ढिलो भएको बताइएको छ । अब धेरै काम सम्पन्न भइसकेको छ, त्यसैले दशैँलगत्तै कारागार सञ्चालनमा आउँछ जिल्ला कारागारका जेलर सोनकरले भन्नुभयो । तीन सय ५० जनाको क्षमता भएको जिल्ला कारागार अहिले दोब्बरभन्दा वढी बन्दी हुँदा उनीहरुले सास्ती खपेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP