डोल्पामा विद्युत् पु¥याउन बोलपत्र आह्वान – News Nepal Media
Trend

डोल्पामा ३३ केभी प्रसारण लाइन विद्युत् पु¥याउनका लागि तीन ठाउँबाट काम सुरुआत भएको छ ।यही असार मसान्तसम्म त्रिपुराकोटस्थित सबस्टेशनमा विद्युत् पु¥याएर अन्य पालिकामा विद्युत् वितरणको कामलाई तीव्रता दिन काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ । रुकुमपश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सिमाना त्रिवेणी र मध्य डोल्पाको त्रिपुराकोटबाट एक साथ प्रसारण लाइनको काम चलिरहेको छ ।

डोल्पामा तत्काल विद्युत् पु¥याउनका लागि प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिइरहनुभएको छ । बुधबार मात्र विद्युत् प्राधिकरण प्रदेशिक कार्यालयले ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा त्रिपुराकोटस्थित सबस्टेशनबाट विद्युत् लिनका लागि बोलपत्र आह्वान गरेको छ ।

त्रिपुरोकोट सबस्टेशनमा विद्युत् पुग्नेबित्तिकै पालिकामा विद्युत् पु¥याउने भन्दै बोलपत्र आह्वान गरी कामलाई गति दिइएको हो । दुई वर्षदेखि डोल्पामा विद्यत् पु¥याउने जनाउँदै ठेक्का लागे पनि काममा भएको ढिलासुस्तीका कारण समयमा काम हुनसकेको थिएन । डोल्पा सदरमुकाममा भरपर्दो विद्युत् नहँुदा त्यहाँका कार्यालयमा काम गर्न समस्या हुँदै आएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP