बिहिबार , बैसाख ११, २०८२
ड्यूटीमा खटिएका एक प्रहरी हवल्दार खोलामा खसेर बेपत्ता – News Nepal Media
Trend

डोल्पामा ड्यूटीमा खटिएका एक प्रहरी हवल्दार बेपत्ता भएका छन् । हिमाली जिल्ला रहेको डोल्पाको ईलाका प्रहरी कार्यालय काइगाउँमा कार्यरत दैलख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ बर्षिया बरिष्ठ हवल्दार जोशिराम रेगामी काईगउँ खोलामा खसेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाको अनुसार मुड्केचुला गाउँपालिका वडा नं १ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साझ पौने छ बजेको समयमा बेपत्ता भएको थिए।

उनको अहिले खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए । उनको अनुसार बेपत्ता जोशी नियमित गस्तीका लागि खटिएको र खोजतलास गर्दा जोशीरामले बोकेको झोला भने भेटिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP