बुधबार , साउन १५, २०८२
म्याग्दीको एसईई परिक्षामा ५७ वर्षीया राधादेवीसहित नौ महिलाको सहभागिता – News Nepal Media
Trend

आजदेखि सुरु भएको एसईई परिक्षामा ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएका छन्। म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट उनीहरु परिक्षा दिएको जनाइको छ।

परिक्षाको पहिलो दिन शुक्रबार परिक्षा हलमा ५७ वर्षीया राधादेवी पुन, ५० वर्षीया डिलकुमारी पुर्जा, इन्द्रामती फगामी ३७ वर्षीया, सङ्गीता छिनाल ३५ वर्षीया, तुलकमारी मल्ल केसी ५४ वर्षीया, धनकुमारी विक ३९ वर्षीया, रामदेवीपुन ४० वर्षीया, विष्णुकुमारी गुरुङ ४९ वर्षीया र पूजा छन्त्याल २८ वर्षीया सहभागी थिए।

विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्य अनुसार महिलाहरुको पढ्ने धोको पूरा गर्नका लागि सञ्चालन गरिएको सोहि विद्यालयलाई प्रदेश सरकार, बेनी नगरपालिकाको अनुदान र स्वदेश तथा विदेशमा रहेका दातामा प्राप्त चन्द्राबाट विद्यालय सञ्चालन गरिएको छ।

यस्तै सोहि विद्यालयबाट अघिल्लो वर्ष सात महिलाले एसईई उत्तीर्ण गरेको साक्यले बताए । उनले भने, “यस विद्यालयमा २० वर्ष भन्दामाथिका ३९ महिला अध्ययनरत रहेका छन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP