बजेटमाथि सैद्धान्तिक छलफल सुरु – News Nepal Media
Trend

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्यायको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो ।

बजेटमाथिको सैद्धान्तिक छलफल र छलफलमा उठेका प्रश्नहरुका जवाफका लागि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही जेठ १७ र १८ गतेका दिनहरु तोक्नुभएको छ । संवैधानिक व्यवस्थानुसार हरेक जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP