चन्द्रागिरिमा ‘घरदैलो नर्स सेवा’ – News Nepal Media
Trend

चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने तयारी गरेको छ । सो सेवाले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, फरक क्षमता भएका (अपाङ्ग) तथा विपन्नलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग मिल्ने जनाइएको छ ।

नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो, “यसै वर्षदेखि नगरका १५ वटै वडामा ‘घरदैलो नर्स सेवा’ थालनी हुने छ । ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी मधुमेह र उच्च रक्तचापको निःशुल्क औषधि उपलब्ध गराउने छौँ । सबै वडाका स्वास्थ्य संस्थाले ज्येष्ठ नागरिकलाई घरमै सेवा पु¥याउने छन् ।”

स्वास्थ्य सेवा दिवसका उपलक्ष्यमा नगरपालिका, स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा उहाँले यसै वर्षदेखि चन्द्रागिरि–४ थानकोट प्राथमिक अस्पतालमा ‘डायलायसिस सेवा’ सुरुआत गरिन लागेको जानकारी दिनुभयो । पन्ध्र शय्याको सो अस्पतालले प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहित सेवा प्रदान गरिराखेको छ । साथै अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटुरोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा फरक क्षमता (अपाङ्गता) भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ ।

‘डायलायसिस सेवा’ले मिर्गाैलाका बिरामीलाई थप सहज हुने उहाँले बताउनुभयो । नगर प्रमुख गिरीले भन्नुभयो “स्वास्थ्यकर्मीको पारिश्रमिकमा एकरुपताका लागि यसै आर्थिक वर्षदेखि प्रक्रिया अगाडि बढाइने छ । ”

कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष एवं सामाजिक समितिका संयोजक घनश्याम लुइँटेलले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो । सो अवसरमा नगरपालिकाले १५ वटै वडाका स्वास्थ्य संस्थामा कार्यरत उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै


TOP