अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भुकम्प जाँदा ११ जनाको मृत्यु भएको छ भने सयौंबढी घाइते भएका छन् ।
गएराति १० बजेर १७ मिनेटमा अफगानिस्तानको राजधानी काबुललाई केन्द्रविन्दु बनाएर भुकम्प गएको मेरिकी भौगर्भिक सर्वेक्षण युएसजिएस) ले जनाएको छ ।
यस्तै सोहि भूकम्पको कम्पनका कारण आएका पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडकहरू अवरूद्ध भएको बताइएको छ । साथै भूकम्पको कम्पन पाकिस्तानदेखि भारतको राजधानी दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको समेत बताइएको छ।
गत वर्ष पनि अफगानिस्तानको उत्तरी क्षेत्रमा ६.१ म्याग्निच्युडको भुइँचालो जाँदा हजार जनाभन्दा बढीको मृत्यु भएको थियो ।