प्रतिनिधिसभाः चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी – News Nepal Media
Trend

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ ।आजको बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको हो ।

बैठकमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, यज्ञराज सुनुवार, डा सूर्यप्रसाद पाठकले ती मन्त्रालयका विविध शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै विनियोजन विधेयक २०७९ माथिको छलफलमा समेत भाग लिनुभयो । यस्तै सांसद भीमबहादुर रावल र नवराज सिलवालले गर्ने खर्च कटौतीको प्रस्ताव राख्ने कार्यसूची छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP