नवलपुर । कावासोती–१०, मगरकोटस्थित नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औँ साधारण सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ।
साधारण सभाको अवसरमा संस्थाले गत साता आँखा शिविर आयोजना गरेको थियो। यस्तै, शनिबार रक्तदान कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट शेयर सदस्य, उद्यमी तथा विद्यार्थीलाई सम्मान गर्दै साधारण सभा सम्पन्न गरेको हो।
संस्थाका अध्यक्ष युवराज ज्ञवालीको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि ज्येष्ठ शेयर सदस्य जयकला भट्टराई रहनुभएको थियो। संस्थाका सचिव मेघनाथ अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रममा विभिन्न विधामा शेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यलाई सम्मान गरिएको थियो।
बाल बचततर्फ दिव्या बस्नेत र प्रज्ज्वल प्रजापति सम्मानित भएका छन्। त्यसैगरी, असल कारोबार गर्ने शेयर सदस्यतर्फ राधिका पंगेनी चापागाईं र खड्गबहादुर गुरौ सम्मानित भएका छन्। युवा उद्यमी शेयर सदस्यतर्फ ईश्वर आचार्य र महिला उद्यमी शेयर सदस्यतर्फ विकनकुमारी महतोलाई सम्मान गरिएको छ।
दैनिक बचततर्फ ओमबहादुर मल्ल र शारदा अर्याल तथा नियमित मासिक बचततर्फ मीना महतो र टेकबहादुर थनेत सम्मानित भएका छन्। यसैगरी, पाइलट पेसामा उपलब्धि हासिल गरेको भन्दै एलिस आचार्यलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सफल शेयर सदस्यका छोराछोरीतर्फ दिपीशा पोखरेल, सलिना काफ्ले, श्रेया रिजाल, करुणा अधिकारी, सारा पंगेनी, निकेश महतो, अंकिता गुरौ, ममता महतो, जेशन ढुङ्गाना, रन्जित पंगेनी र अतुल मल्ललाई सम्मान गरिएको थियो।
यस्तै, युगल शेयर सदस्य सम्मानअन्तर्गत जोडी फोटो फ्रेम प्रदान गरी सत्यदेवी सुवेदी र बद्री सुवेदी, राजमाया घर्ती मगर सुवेदी र ध्रुव सुवेदी, इन्दिरा थापा र किरण गुरौ, मीना कुमारी मुखिया र वीरेन्द्र महतो, गीता गुरौ र राजु गुरौ, सविता परियार र प्रेमबहादुर दमाई, रूपा बस्नेत र विपिन अर्याल तथा सुरेन्द्र सुवेदी र निशा भट्टराईलाई सम्मान गरिएको थियो।
साधारण सभाको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २३ युनिट रगत संकलन भएको छ। कावासोती रेडक्रसको प्राविधिक सहकार्यमा सम्पन्न कार्यक्रममा ५ महिला र १८ पुरुष गरी २३ जनाले रक्तदान गरेको विवरण संस्थाले उपलब्ध गराएको छ।
संस्थाले साधारण सभामार्फत बचत तथा आर्थिक कारोबारमा सक्रिय शेयर सदस्य, उद्यमी, शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा सामाजिक र व्यावसायिक क्षेत्रमा उपलब्धि हासिल गर्ने व्यक्तित्वलाई सम्मान गरेको हो।












