शुक्रबार , बैसाख ५, २०८२
दुर्लभ सालकको खपटा र जिउँदो हुचिलसहित दुई जना पक्राउ – News Nepal Media
Trend

धादिङको धुनिवेशी नगरपालिका-६ नौविसेबाट सालकको खपटा ५ किलो ३ ग्राम र एउटा जिउँदो हुचिल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने थाक्रे गाउँपालिका-५ नयाँगाउँ बस्ने ४७ वर्षीय बिनोद लामा समेत दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवै जनाले बोराभित्र खपटा र कार्टुनभित्र हुचिललाई लुकाईछिपाई हाप्सेचौरबाट नौविसेतर्फ ल्याउँदै गरेका थिए।

उनीहरुले उक्त दुर्लभ जिवजन्तु लुकाईछिपाई ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय खानीखोला धादिङबाट खटिएको प्रहरीले उक्त प्रमाणसहित पक्राउ गरेको हो

अहिले सोहि विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP