डिजेल पेट्रोलको मूल्य घट्यो, खाना पकाउने ग्यासको भने बढ्यो – News Nepal Media
Trend

नेपालमा डिजेल पेट्रोलको मूल्य घटेको छ। भारतबाट घटेर आएको डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँ घटेको नेपाल आयल निगमले जनाएको छ।

इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई एक पत्र पठाउँदै मट्टितेलमा प्रतिलिटर ३.४० रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य भने ३३९.०६ रुपैयाँले बढेर आएको जानकारी दिएको हो।

निगमको अनुसार हवाइ इन्धनमा७.३ रुपैयाँ घटेर आएको छ । यो घटेको मूल्यलाई आधार मान्दा अझै ४४ करोड रुपैयाँ नाफामा रहने देखिन्छ । उक्त विषयलाई सञ्चालक समितिको बैठकले तय गर्ने छ।

इण्डियन आयल कर्पोरेसनले १५-१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ। यसअघि पनि मूल्य घटेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP