बिहिबार , जेठ १६, २०८२
कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण – News Nepal Media
Trend

निरु गौतम बैशाख १८,
नवलपुरको कावासोती नगरपालिका वडा नं. ७ मा सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी ६२ जना आमाहरूलाई पोषण सामग्री वितरण गरिएको छ।

बुधबार वडा नं ७ को कार्यलयमा सम्पन्न कार्यक्रममा प्रत्येक आमालाई एक क्रेट अण्डा, एक किलो घ्यू, आधा दर्जन नुहाउने साबुन, एक प्याकेट स्यानिटरी प्याड, एक केजी चना, एक केजी मुसुरो दाल, एक केजी अनार, एक केजी कपडा धुने सरफ तथा एक डब्बा सन्तबरी औषधि प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै वडा सदस्य रुद्र बस्नेतले पोषण सामग्री वितरण कार्यक्रमले आमाहरूको पोषणस्तर सुधार गर्दै शिशुहरूको स्वस्थ विकासमा सघाउ पुर्‍याउने बताउनुभयो। उहाँले भन्नुभयो, “सुनौलो हजार दिनमा गरिएको सानो सहयोगले पनि दीर्घकालीन स्वास्थ्य लाभ पुर्‍याउन सक्छ।”

यसै अवसरमा वडाभित्र सक्रिय ४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई टोपि, छाता जुत्ता र झोला समेत वितरण गरिएको थियो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष गोविन्द प्रसाद महतोले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कावासोती नगरपालिकाको पोषण शाखा सहजकर्ता लक्ष्मी अर्याल रहनु भएको थियो ।

कार्यक्रममा स्थानीय प्रतिनिधि, स्वास्थ्यकर्मी र सेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण वडा सदस्य हिरालाल गुरौँले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP