शुक्रबार , बैसाख ५, २०८२
लसुनले मूल्य पाएन – News Nepal Media
Trend

लसुनको पकेट क्षेत्र रुकुम(पूर्व) को भूमे गाउँपालिका–९ स्थित चुनवाङ्मा उत्पादित लसुनले उचित मूल्य नपाएको त्यहाँका किसानको गुनासो

छ । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु ५० देखि रु ६० पर्छ । चुनवाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो ५० मा लसुन बिक्री गर्दा खर्च पनि नउठ्ने भएकाले प्रतिकिलो रु १००का दरले लसुन बिक्री गर्न चाहन्छन् ।

एक किलोको रु १००मा कसैले पनि लसुन खरिद नगरेकाले अहिले लसुन घरघरमै थुप्रिएको चुनवाङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताउनुभयो । अहिले आफूसँग मात्रै १० क्विन्टलको हारहारीमा लसुन भएको उहाँको भनाइ थियो । गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गर्नुभएको खड्काले अहिले भने उत्पादन घटेको बताउनुभयो । यस वर्ष उचित मूल्य नपाएकै कारण अलिकति पनि लसुन बिक्री नभएको किसान खड्काले बताउनुभयो ।

उहाँकाअनुसार अहिले चुनवाङका प्रत्येक घरमा तीन देखि १० क्विन्टलको हारहारीमा लसुन छ । चुनवाङकै पूर्ववडाध्यक्ष प्रवेश पुनले बजारको मूल्यमा दिने किसानको लसुन बिक्री भइसकेको तर बजार मूल्यभन्दा बाहिरको लसुन बिक्री हुन नसकेको बताउनुभयो । बजारमा चलेको मूल्यमा दिने हो भने गाउँभरिको सबै लसुन सङ्कलन गरिदिने तर बजार मूल्यभन्दा महँगोमा लसुन सङ्कलन गर्न नसकिने उहाँको भनाइ थियो । यसवर्ष चुनवाङमा ४३२ दशमलब ३५ मेट्रिकटन लसुन उत्पादन भएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनुभयो । उहाँकाअनुसार यो उत्पादन गत वर्षको तुलनमा १२ दशमलव १३ प्रतिशतले बढेको हो । चुनवाङको ७२ हेक्टर क्षेत्रफल जमिनमा लसुन खेती हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने


TOP