कर घटाएर दायरा बढाउने कोइरालाको प्रतिबद्धता – News Nepal Media
Trend

नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफफल गरेको छ । कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताउनुभयो । उहाँले करको दर घटाइ दायरा फराकिलो बनाउने विषयमा सुझाव माग्नुभएको थियो । करको दायरा बढाउने र कर घटाउने विषयमा आफू प्रष्ट भएको भन्दै उहाँले भन्नुभयो, “म भ्रष्टाचार गर्दिन । अरुलाई पनि गर्न दिन्न ।” कोइरालाले सडक निर्माण, शुद्ध पिउने पानीको व्यवस्था र विराटनगरको दीर्घकालीन सरसफाइ आफ्नो प्राथमिकताका कार्यक्रम रहेको उल्लेख गर्नुभयो । कर वृद्धिले मुलुकको अर्थतन्त्रमा पारेको समस्याबारे उद्योगी एवं व्यवसायीले आ–आफ्नो धारणा राखेका थिए । छलफल कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइराला, विमलेन्द्र निधि र महेश आचार्य पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP