शुक्रबार , बैसाख ५, २०८२
सरकारी कार्यालयको अनुगमन – News Nepal Media
Trend

जिल्ला सदरमुकाम चौतारामा रहेका सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । बुधबार प्रशासन कार्यालयले विभिन्न २१ सरकारी कार्यालयमा अनुगमन गरेको हो ।

छ कार्यालयका ११ कर्मचारी अनुपस्थित रहेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार जिल्ला मालपोत कार्यालयमा दुई, विद्युत प्राधिकरण शाखा कार्यालयमा तीन, शिक्षा समन्वय एकाइमा एक, पूर्वाधार विकास कार्यालयमा दुई, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा एक र स्वास्थ्य कार्यालयमा एक गरी जम्मा ११ कर्मचारी अनुगमनको समयमा अनुपस्थिति रहेका थिए ।

बिहान ९ देखि ११ बजेसम्म गरिएको अनुगमनमा अधिकांश कर्मचारीले कार्यालय पोशाक पनि नलगाएको देखिएको श्रेष्ठले जानकारी दिनुभयो । अनुगमनका क्रममा अनुपस्थित रहेका कर्मचारीका बारेमा तत्काललाई सम्बन्धित कार्यालयलाई स्पष्टीकरण सोधिने र दोस्रो चरणमा पनि उही कर्मचारी अनुपस्थित रहेमा सम्बन्धित कर्मचारीलाई नै स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अगाडि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP