![](https://newsnepalmedia.com/wp-content/uploads/2023/04/Untitled-design-43.png)
नेपाली कांग्रेसका महासचिव विश्व प्रकाश शर्माले आफुहरुले गल्ति गरे मिडियाले गालि गर्न मिल्ने बताएका छन्। उनले सभापति रवि लामिछानेलाई लक्षित गर्दै आफू नेता हुनसाथ मिडियालाई फटाह भन्न मिल्छ हो भन्दै प्रश्न गरे।
उनले आज चुनावी अभियानको समारोहमा बोल्दै आफुले पनि पहिले कान्तिपुर टेलिभिजनमा ऐना कार्यक्रम चलाएको बताए। उनले भने, टेलिभिजन चलाउँदै गर्दा नेताहरु जति सबै खराब, अनि नेता भएर मन्चमा उभिँदा मिडिया जति सबै खराब भन्ने समाज सुसंस्कृत समाज होइन। मिडियाहरु प्रतिको दृष्टिकोण मित्रहरु के हो ?
![](https://newsnepalmedia.com/wp-content/uploads/2025/02/ea7ac29a-5d8c-4f22-97b9-b564731c00e3-1024x819.jpeg)
यस्तै उनले मिडियाले सहि लेख्ने गलत लेख्ने स्वतन्त्रता पाइरहँदा कांग्रेस एमाले माओवादी र अन्य नयाँ दलले मिडियामाथि औला तेर्साउने हो भने यो कस्तो समाज हो भन्ने थाह पाइने तर्क गरे।