बैतडीका प्रत्येक पालिकामा नमूना मतदान – News Nepal Media
Trend

बै जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गरेक
छ । मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार मतदान गर्ने तरिकाबारे जानकारी दिन नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । पाटन नगरपालिकाबाट सुरु भएको यो कार्यक्रम जिल्लाका अन्य नौ वटै स्थानीय तहमा पनि सञ्चालनको तयारी भएको छ ।

निर्वाचन आयोगको कार्यक्रमअनुसार स्थानीय तहका केन्द्र आसपासका क्षेत्रमा नमूना मतदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सोहीअनुसार उक्त नगरपालिकाको पाटन बजार क्षेत्रमा नमूना मतदान कार्यक्रममा सात मत बदर भएको थियो । एक जनाले चार मतपत्रमा मतदान गर्नुपर्ने उक्त कार्यक्रममा ७१ जनाले मतदान गर्दा दुई सय ८४ मत खसेको र सात मत बदर भएको थियो ।

नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिन लागिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलको भनाइ थियो । नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । पाटनपश्चात् पुर्चांैडीमा नमूना मतदान गरिने उक्त कार्यालयले जनाएको छ ।

आसन्न निर्वाचनमा एक मतदाताले प्रत्यक्ष र समानुपातिक गरेर चार मतपत्रमा मतदान गर्नुपर्नेछ । निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन मतदाता शिक्षा सञ्चालनको पनि तयारी भएको छ । समुदायस्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने जनाइएको छ । आयोगले आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकाले मतदान गर्न पाउने छन् । जिल्लामा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP