अब नेपाली मुटु र फोक्सो उपचारका लागि विदेश जानु नपर्ने – News Nepal Media
Trend

नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । सम्मेलनमा चिकित्सकका अनुभव आदानप्रदानसँगै नयाँ प्रविधिको बारेमा छलफल हुने जनाइएको छ । समाजका अध्यक्ष प्राडा मणिप्रसाद गौतमले नेपालमा एक सय हाराहारी विज्ञ चिकित्सक रहेको जनाउँदै अधिकतमको उपस्थितिमा यही शनिबार सम्मेलन हुने जानकारी दिनुभयो । सम्मेलनमा २६ वैज्ञानिक कार्यपत्र प्रस्तुतीकरण र छलफल हुनेछ । उहाँले भन्नुभयो “कार्यक्रममा मुटु शल्य चिकित्सक, फोक्सो रोग विशेषज्ञ, भास्कुलर सर्जन र फिजिसियनसमेत सहभागी हुनुहुनेछ ।”नेपालमा विशेषज्ञ चिकित्सक थपिँदै गएको जनाउँदै उहाँले नयाँ प्रविधिको बारेमा खोज अनुसन्धान उपलब्धिलाई आदानप्रदान गर्न सम्मेलन फलदायी हुने बताउनुभयो । समाजका महासचिव डा शंकर लौडारीले पहिलो पटक गर्न लागिएको सम्मेलनले मुटु रोगको उपचारमा प्रविधि भित्र्याउँदै नयाँ आयाम दिने बताउनुभयो । उहाँले भन्नुभयो “अब नेपाली मुटु र फोक्सो उपचारका लागि विदेश जानु नपर्ने गरी विशेषज्ञ र प्रविधि हामीसँग छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा


TOP