नर्स आत्महत्या प्रकरण : प्रेमी भनिएका डाक्टर ढकाल प्रहरी नियन्त्रणमा – News Nepal Media
Trend

काठमाडौँ : शनिवार अपराह्न मृत अवस्थामा भेटिएकी युवती अनुमा श्रेष्ठका प्रेमी भनिएका सुजन ढकाललाई प्रहरीले पक्राउ गरेको छ । विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनको परिवारले प्रेमी ढकाल तथा उनका बुवाविरुद्ध प्रहरी वृत्त बालाजुमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए । अदालतले दुई जनाविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले बुवालाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान थालिने बताए ।
लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै वीर अस्पतालमा कार्यरत ३४ वर्षीय श्रेष्ठले शनिवार प्रेमी सुजन ढकालको बोहोराटारस्थित घरमा पुगेर आत्महत्या गरेकी थिइन् । मृतक श्रेष्ठकी काकी सिर्जना श्रेष्ठका अनुसार प्रेमी ढकाल र उनका बुवाले विवाहका लागि अस्वीकार गरेका थिए । पेशाले अनुमा स्टाफ नर्स हुन् भने ढकाल डाक्टर हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे ।

सिर्जनाका अनुसार अनुमाको सोह्रखुट्टेमा कोठा थियो भने सुजनको घर बालाजु बोहोराटारमा रहेको थियो । अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् । अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटा पक्षले अस्वीकार गरेको बताइएको छ ।

अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेम सम्बन्ध, विवाहका लागि भएको प्रयास र केटापक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छिन् ।
अनुमाको शवसँगै भेटिएको ‘सुसाइड डायरी’मा आफूले दुई पटकसम्म गर्भपतन गराएको, प्रेमीका बुवाले विवाह गर्न नदिएको लगायतका कुरा समेत समावेश गरेकी थिइन् । सोही कुरा र आरोपलाई प्रमाणका रूपमा लिएर प्रेमी ढकाल र बुवाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP