मंगलबार , जेठ १४, २०८२
पहिरासहित बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध – News Nepal Media
Trend

बाढी र पहिराका कारण बिजुलीको पोल ढल्दा लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक अवरुद्ध भएको छ ।उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा आज बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताउनुभयो । सडकभन्दा माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढालेकाले सडक अवरुद्ध भएपछि कुनै पनि सवारी साधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् ।

उक्त कार्यालयका सूचना अधिकारी धिकारीले भन्नुभयो, “पहिरो पनि आएको छ, बिजुलीको पोल हटाउन प्राधिकरणलाई भनेका छौँ । पोल हटाएपछि ढुङ्गामाटा हटाएर सडक सञ्चालन गरिने छ । पैँसठ्ठी किलोमिटर उक्त सडक अवरुद्ध हुँदा विषेश गरी मनाङवासीलाई बढी असर परेको छ ।”यता गएरातिदेखि अवरुद्ध डुम्रे बेँसीशहर सडक सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ देउरालीडाँडामा पहिरासँगै सडकमा खसेको लेदो हटाएर बिहान ९ बजेतिर सडक सञ्चालनमा ल्याइएको उक्त कार्यालयले जनाएको छ । बयालीस ४२ किलोमिटर लामो उक्त सडक हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा आवत जातावत हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP