शुक्रबार , बैसाख ५, २०८२
भाेलिदेखि नवलपुरमा गण्डकी प्रदेश स्तरीय महिला फुटबल प्रतियाेगिता – News Nepal Media
Trend

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरकाे कावासाेती १७ मा रहेकाे सरस्वती मावि गाेछडामा भाेलिदेखि प्रदेश स्तरीय महिला फुटबल प्रतियाेगिता हुने भएकाे छ । प्रतियाेगिता ३ दिनसम्म चल्ने छ ।

प्रतियाेगितामा गण्डकी प्रदेशका ११ जिल्ला मध्य स्याङ्जा, नवलपुर, तनहू, लमजुङ, गाेर्खा र बाग्लुङ्गका गरि ६ वटा जिल्लाका ६ टिमकाे सहभागिता रहेकाे छ ।

जिल्ला खेदकुद विकास समिति नवलपुरकाे आयोजना, प्रदेश खेलकुद समिति गण्डकीकाे प्रायाेजन र टेन स्टार क्लब कावासाेती १७ काे व्यवस्थापनमा कार्यक्रम हुन लागेकाे जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनले बताए ।

प्रतियाेगिताकाे कावासाेती नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । उद्घाटन खेल २३ गते विहान ७ बजे तनहू र लमजुङ्गबीच हुने छ । फाईनल खेल जेठ २५ गते ४ बजे हुने छ ।

पत्रकार सम्मेलनमा बाेल्दै प्रदेश खेलकुद समिति गण्डकीका सदस्य सचिव श्रीधर शर्माले यस प्रतियाेगितालाई पर्यटनसँग जाेडेर आयोजना गरिएकाे बताए ।
प्रतियाेगितामा प्रथमले ५० हजार, द्वितीयले ३० हजार र तृतीय हुने टिमले २० हजार रूपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP