शुक्रबार , बैसाख ५, २०८२
दुर्घटनामा अङ्गभङ्ग भएकालाई मासिक १५ सय – News Nepal Media
Trend

अरनिको यातायात प्रालिले बसमा यात्रा गर्दा दुर्घटना परेर अङ्गभङ्ग भएर घाइते भएकालाई आजीवन एक हजार ५०० भत्ता दिने भएको छ ।

समितिका सचिव तथा प्रवक्ता प्रभुराम थापाका अनुसार नवनिर्वाचित समितिको पहिलो बैठकले व्यवसायी भलाइ कोषमा क्रियाशील सदस्यको मृत्यु हुँदा रु पाँच लाख क्षतिपूर्ति दिनेमा त्यसलाई बढाएर रु १० लाख बनाएकोसमेत प्रवक्ता थापाले बताउनुभयो ।

अरनिको यातायातका कर्मचारी बहालवाला रहेकै अवस्थामा अचानक निधन भएका खण्डमा रु तीन लाख दिने निर्णय बैठकले गरेको छ । मजदुर, चालक, सहचालकको रु पाँच लाखको दुर्घटना बीमाबापतको रकम दिने गरेकामा बैठकले रु १० लाख बनाउने निर्णय गरेको प्रवक्ता थापाले जानकारी दिनुभयो । समितिले दसैँ, तिहार लक्षित गरेर यही भदौ २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । अरनिको यातायातले काठमाडौँ पूर्वका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछापलगायतका जिल्लाका दुरदराजसम्म यातायात सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP