राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट – News Nepal Media
Trend

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाबाट खेलाडी छनोट गरिएको छ । बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरी क्षेत्रीय प्रतियोगिताका लागि ५६ खेलाडी छनोट गरिएको हो ।

जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीका अनुसार जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको हो । छनोट गरिएका खेलाडीमा भलिबल, कबड्डी र एथ्लेटिक्सका रहेका छन् । पाटनमा सम्पन्न प्रतियोगितामा दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा सुर्नया, सिगास र शिवनाथ गाउँपालिकाका खेलाडी सहभागी थिए ।

छनोट भएका खेलाडीले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रदेशस्तरीय प्रतियोगिता यही असार २४ र २५ गते कैलालीको धनगढीमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा


TOP