पत्रकार सङ्गठनका पाँच अध्यक्षलाइ आयोगको स्पष्टीकरण – News Nepal Media
Trend

काठमाडी – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत स्थानीय तह निर्वाचनका सन्दर्भमा मतदातालाई अपिल गरी विज्ञप्ति सार्वजनिक गर्ने विभिन्न पाँच पत्रकार लड्गठनलाई चौबीस घन्टाभित्र स्पष्टीकरण पेश गर्न जवाफ माग गरेको छ ।आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल , प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा , समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ , प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो निर्वाचन आचारसंहिता , २०७८ को दफा २२ मा सञ्चार प्रतिष्ठान , सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड ( ख ) मा सञ्चार प्रतिष्ठान , सोमासम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ । सोही दफाको खण्ड घ ) मा सञ्चार प्रतिष्ठान , सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ । यस सन्दर्भमा स्वतन्त्र पत्रकारहरुको पेशागत संगठनको तर्फबाट तपाईले हस्ताक्षर गरी विज्ञप्ति जारी गर्नु निर्वाचन आचारसंहिता विपरित हुन्छ , हुँदैन 2 स्वतन्त्र पत्रकारको पेशागत संगठनको अध्यक्ष सचिवले कुनै अमुक राजनीतिक दलको दलहरूको पक्ष वा विपक्षमा विज्ञप्ति जारी गर्न मिल्छ , मिल्दैन आयोगको स्पष्टटीकरणमा भनिएको , ‘ कुनै राजनीतिक समूहप्रति पक्षधरता प्रकटगरी मतदातालाई कुनै अमुक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न भनी विज्ञप्ति जारी गर्ने कार्य पत्रकार वा पत्रकारको संघ / संगठनको पेशागत मर्यादाभित्र पर्छ , पर्दैन ? पत्रकारको पेशागत संगठन अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठीत हुन्छ , हुँदैन ? पत्रकारिताको क्षेत्र र राजनीतिक क्षेत्र भिन्न हो , होइन आयोगलले कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेशागत संघ / संगठनमा आवद्ध भई सो मार्फत निर्वाचन आचारसंहिता विपरित वक्तव्य जारी गर्दा आचारसंहिता उल्लङ्घन हुँदैन भन्ने दलिल पेश गर्न मिल्छ , मिल्दैन ? भन्दै पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP