
राष्ट्रपतिको पदमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्। बिहिबार भएको राष्ट्रपतिको निर्वाचनमा पौडेल ३३ हजार ८०२ मतभारसहित निर्वाचित भएका हुन्।
राष्ट्रपति निर्वाचनमा ८३१ मत मात्रै खसेको थियो । कुल ८८४ मतदाता रहेपनि संघका ३१३ र प्रदेशका ५१८ गरी ८३१ मत खसेको जनाइएको छ ।

प्रदेशतर्फ ५५० मध्ये ५१८ सांसदले मात्रै मतदान गरे । निर्वाचनमा कुल मतदाता संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
नवनिर्वाचित पौडेललाई उनको दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दल र स्वतन्त्र सांसदको समेत समर्थन रहेको थियो ।