
आज नेपाली सुनचाँदी बजारमा सुन र चाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
छापावाल सुनको मूल्य एक लाख ३ हजार ६ सय रुपैयाँमा सुनको व्यापार हुँदै छ। साथै तेजावी सनुको मूल्य एक लाख ३ हजार एक सय र चाँदीको मूल्य तोलामा १ हजार २९० रुपैयाँ तोकिएको छ ।


यसअघि बिहीबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको थियो। शुक्रबार भने एकै चोटी १ हजार ३ सयले घटेको हो। बिहीबार सुनको मूल्य एक लाख ४ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख ४ हजार ४ सय र चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।