
प्रधानमन्त्रि पुष्पकमाल दाहाल ‘प्रचण्ड’ विरुद्ध लागेको रिटमाथि आज प्रारम्भिक सुनुवाई हुँदै छ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा बिहीबार उक्त रिटको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेकाले आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको हो ।

गत वर्ष प्रधानमन्त्रि प्रचण्डले जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले फौजदारी अभियोगमा कारबाही गरिनुपर्ने मागसहित रिट दर्ता भएको छ।
प्रचण्डविरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले रिट दायर गरेका छन् ।