बिडिएस चौथो वर्षमा अध्ययनरत छात्राले गरिन् आत्महत्या – News Nepal Media
Trend

चितवन – आन्तरिक परीक्षा दिइरहेको बेला परीक्षा हलमा खटिएका शिक्षकले जबर्जस्ती मानसिक तनाव दिएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् ।

चितवन मेडिकल कलेजमा बिडिएस चौथो वर्ष (पहिलो चरण) की विद्यार्थी पाल्पाको रामपुर नगरपालिका वडा नं–४ घर भई भरतपुर–१० मा डेरा गरी बस्ने २३ वर्षीया सिमरन थापाले बुधबार दिउँसो १ः३० बजे आत्महत्या गरेको चितवन प्रहरीले पुष्टि गरेको छ ।

उनले आफू सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आफू सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा छात्राको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP