
आज देशभर पश्चिमी न्युन चापिया प्रणालीको प्रभाव रहेको मौसम पुर्व अनुमान महाशाखाले जनाएको छ। देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने देशका बाँकी भूभागमा सामन्यतया मौसम सफा रहने छ।
यस्तै आज तराई क्षेत्रमा भने हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।


यस्तैगरि सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।