बुधबार , जेठ १५, २०८२
धनुषामा छ जनाको उम्मेदवारी फिर्ता – News Nepal Media
Trend

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये प्रतिनिधिसभातर्फ दुई जना र प्रदेशसभातर्फ चार जना गरी छ जना उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभातर्फ धनुषा क्षेत्र नं ४ मा जनमत पार्टीका किसुनदेव यादव र नेपाल सद्भावना पार्टीका राजेन्द्र महतोले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत सुदिपकुमार दङगालले जानकारी दिनुभयो ।

यस्तै प्रदेशसभातर्फ धनुषा क्षेत्र नं १ (ख) मा स्वतन्त्र उम्मेदवार लक्ष्मीनारायण मण्डल केवट, नेत्रदिप लामा र आनन्द मण्डलले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तम खरेलले जानकारी
दिनुभयो । धनुषा क्षेत्र ४ (ख) मा स्वतन्त्र उम्मेदवार रामदुलार महतोले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यही असोज २३ गते प्रतिनिधिसभातर्फ धनुषामा ६६ जना स्वतन्त्र गरी एक सय तीनजना र प्रदेशसभातर्फ ७७ स्वतन्त्र गरी एक सय ३८ जनाले उम्मेदवारी मनोनयन दत्र्ता गराउनभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP