बेथानचोक बस दुर्घटनाका घाइतेलाई निःशुल्क स्वास्थ्य पचार गर्न माग – News Nepal Media
Trend

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा घाइते भएकाको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले आज शोक वक्तव्य जारी गरी दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो ।

“मङ्गलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको खबरले मर्माहत बनाएको छ, उक्त दुर्घटनामा परी निधन हुनुभएकाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु”,शोक वक्तव्यमा भनिएको छ । अध्यक्ष प्रचण्डले दुर्घटनाको कारण पत्ता लगाई बढ्दो सवारी दुर्घटना रोक्न सम्बन्धित सबैमा आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा


TOP