नेपाल आर्थिक पत्रकार सङ्घको अध्यक्षमा ढकाल निर्वाचित – News Nepal Media
Trend

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)मा मोदनाथ ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा छैटौँ महासभाबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

तेह्र सदस्यीय कार्यसमितिमा महासभाले सात पदाधिकारी र चार सदस्य निर्वाचित गरेको छ । कार्यसमितिले बाँकी दुई सदस्यको मनोनयन गर्नेछ । निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गरिएको हो ।

ढकाल ‘दि राइजिङ नेपाल’मा कार्यरत हुनुहुन्छ । उपाध्यक्षमा ‘नोटबजार डटकम’का परमेश्वर अधिकारी र ‘हाम्रो अर्थ’की मेनुका कार्की निर्वाचित हुनुभएको छ ।

महासचिवमा ‘अनलाइन खबर’का नवीन ढुङ्गाना, सचिवमा ‘नेपाल खबर’का दीपक भट्ट र कोषाध्यक्षमा ‘सिंहदरबार’की दिलु कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदस्यमा ‘रातोपाटी’का निकेश खत्री, ‘अनलाइन खबर’का विजय पराजुली, ‘सेतोपाटी’की सविना कार्की र ‘नेपाल प्रेस’का राजाराम न्यौपाने विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP