
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उहाँलाई आज बुझाउनुभएको हो ।


सो अवसरमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको थियो । साथै निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताउनुभएको थियो ।