पाल्पामा ग्याँस सिलिन्डर पड्किएर घरमा आगलागी, एक जना घाइते – News Nepal Media
Trend

पाल्पामा आज बिहान ग्याँस पड्किएको छ। बगनासकाली गाउँपालिका–८, बराङदी फलालेमा ग्यास सिलिन्डर पड्किँदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी छन् ।

घाइते भएकी घिमिरेलाई हात र मुखमा चोट लागेको स्थानीय दयाराज न्यौपानेले बताए। उहाँको अनुसार घरमा केहि क्षति पुगेको छ। ग्याँस पड्किएर आगालागी भएको थियो। तर समयमै आगो नियन्त्रण गरिएको कारण क्षति कम भएको जनाइएको छ।

यस्तै खाना पकाउने क्रममा अचानक ग्यास पड्किएको थियो । घटनालगत्तै प्रहरीलाई खबर गरिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

घाइते भएकी घिमिरेको अहिले सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP