स्वच्छ बजार निर्माण गर्न र परिणाम ल्याउन कठिन भएको छ: कार्यवाहक प्रमुख डंगोल – News Nepal Media
Trend

काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थानीय सरकारलाई बजार अनुगमनको अधिकार दिएको बाताएकी छन् । उनले विश्व अधिकार दिवसका अवसरमा बोल्दै स्वच्छ बजार निर्माण गर्न चाहिने अन्य अधिकार विभिन्न कार्यालयमा छरिएको र यसले परिणाम ल्याउन कठिन भएको उल्लेख गरिन् ।

महानगरले उपभोक्ता अधिकार प्राप्तिका लागि अगाडि बढाएका नीति, योजना तथा कार्यक्रमका विषयमा जानकारी दिँदै उनिले भनिन्, ‘खाद्यान्न, तरकारी, फलफुल, दूग्ध पदार्थ, माछामासु तथा दुग्ध पदार्थमा हुन सक्ने मिसावट र अनुचित व्यापारिक लाभ हुन नदिन महानगरपालिका सचेत भएर अनुगमनको काम गरिरहेको छ । व्यवसाय दर्ता गराउने र नागरिक सचेतनाका कार्यक्रमलाई निरन्तरता दिएको छ ।’

बजार व्यवस्थापनलाई उपभोक्तामैत्री बनाउन महानगर कानुनी प्रबन्धमार्फत आफ्ना क्रियाकलापलाई व्यवस्थित गर्दै गएको समेत उल्लेख गरिन् । स्वच्छ बजार स्थापना गर्न छरिएर रहेका अधिकार तथा व्यक्तिगत स्वार्थले नतिजा देखाउन कठिन परेको छ । डंगोलले अनुगमनको अनुभव सुनाउँदै, अनुगमनमा निष्पक्षता र अधिकारको प्रयोगमा सहकार्य एवं समन्वयबाट मात्र उपभोक्ताले महसुस गर्न सक्ने परिणाम ल्याउन सकिने धारणा राखिन् ।

यस्तै समारोहमा नेपाल सरकारका मूख्य सचिव शंकरदास बैरागीले स्वच्छ र गुणस्तरीय सेवा तथा बस्तु प्राप्त गर्न पाउनु सबैको अधिकार भएकोले यसलाई समान सोच, साझा कार्यक्रम, संयुक्त लगानी र सामुहिक प्रतिवद्धताका साथ अगाडि बढाउनु पर्ने बताए ।

आज उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा मूल समारोह आयोजना गरेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP