नवलपरासी – नवलपरासी पूर्वकाे नन्दपुरमा न्युराे टिप्न गएका श्रीमान श्रीमतीको नारायणी नदीमा डुबेर ज्यान गएकाे छ ।
मध्यबिन्दु नगरपालिका–२, नन्दपुरमा नारायणी नदीमा डुबेर कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० वर्षीया बगरी बोटेको ज्यान गएकाे हाे ।
चितवन राष्ट्रिय निकुञ्जमा न्युरो टिप्न जाँदा उनीहरुलाई नारायणी नदीले बगाएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयाे ।
हिजाे बेलुका नदीले बगाएर बेपत्ता भएका दुवैकाे शव गए राति फेला परेकाे पाठकले बताउनुभयो ।